विषय: BASYAL (बस्याल) विरुद्ध MAC’S CONVENIENCE STORES INC. (म्याक्स कन्भेनियन्स स्टोर्स इन्क.)

Overseas तथा Trident ले Mac’s Convenience Stores मा रोजगारीहरूका लागि शुल्कहरू उठाएको थियो र Mac’s ले क्यानाडा आएका कामदारहरूका रोजगारी करारहरूको उल्लङ्घन गरेको थियो भनेर दाबी गर्दै Mac’s Convenience Stores, Overseas Immigration Services Inc., Overseas Career and Consulting Services Ltd. का विरुद्धमा दाबीहरूका लागि ब्रिटिश कोलम्बियामा वर्ग कार्यवाहीको मुद्दा चलाउनका लागि प्रमाणित गरिएको छ: Prakash Basyal, लेखक Gortifacton Cajes, Edlyn Tesorero and Bishnu Khadkav. Mac’s Convenience Stores Inc., Overseas Immigration Services Inc., Overseas Career and Consultiong Services Ltd. and Trident Immigration Services Ltd., ब्रिटिश कोलम्बियाको सर्वोच्च अदालत, भ्यानकुभर रजिस्ट्री नं. S-1510284.

प्रतिवादीहरूका रेकर्डहरूले तपाईंलाई वर्ग कार्यवाहीमा समावेश गर्न सकिने देखाएका छन् । तपाईंले निम्न गर्नुभएमा तपाईंलाई समावेश गर्न सकिन्छ:

1.    Overseas Immigration Services Inc., Overseas Career र् Consulting Services Ltd.र्/वा Trident Immigration Services Ltd लाई भुक्तानी गर्नुभयो।

2.    भुक्तानी गरिसकेपछि, तपाईंले क्यानाडाको अस्थायी विदेशी कामदार कार्यक्रमअन्तर्गत ब्रिटिश कोलम्बिया, अल्बर्टा, नर्थवेस्ट टेरिटरिज वा सास्काचेवानमा Mac’s Convenience Stores मा काम गर्नका लागि रोजगारी करार प्राप्त गर्नुभयो र तपाईं Mac’s मा काम गर्न सहमत हुनुभयो ।

मुद्दा

मुद्दाले Overseas का प्रतिनिधिहरूले विदेशी कामदारहरूलाई उनीहरूले बुझाएको शुल्कको सट्टामा ती विदेशी कामदारहरूलाई क्यानाडाको अस्थायी विदेशी कामदार कार्यक्रमअन्तर्गत Mac’s मा काम गर्नका लागि रोजगारी करारहरूका साथ क्यानाडामा रोजगारीहरू प्राप्त गर्ने   छन् भनेर बताइएको थियो भनेर दाबी गर्छ । मुद्दाले यी शुल्कहरू गैर-कानुनी थिए भनेर दाबी गर्छ। मुद्दाले क्यानडा आउने विदेशी कामदारहरू मध्ये धेरैलाई उनीहरूका रोजगारी करारहरूमा वाचा गरिए अनुसार रोजगारी उपलब्ध गराइएको थिएन भनेर पनि दाबी गर्छ ।

यस कार्यमा लगाइएका आरोपहरूलाई प्रतिवादीहरूले अस्वीकार गर्छन् ।

तपाईं यस मुद्दासँग सम्बन्धित कागजपत्रहरू अनलाइनमा www.macsclassaction.com मा हेर्न सक्नुहुन्छ

वर्ग

वर्ग कार्यवाहीलाई निम्नको तर्फबाट प्रमाणित गरिएको छ:

डिसेम्बर 11, 2009 र सोभन्दापछि देखि अदालतद्वारा सेट गरिएको अप्ट-आउट/अप्ट-इन मितिसम्म Overseas Immigration Services Inc., Overseas Career and Consulting Services Ltd. (“Overseas”) र/वा Trident Immigration Services Ltd. लाई Mac’s मा रोजगारीको सट्टामा भुक्तानीहरू गरेका र त्यसपछि, उहाँहरूले स्वीकार गरेको प्रस्ताव (“वर्ग”), क्यानाडाको अस्थायी वैदेशिक कामदार कार्यक्रम अन्तर्गत ब्रिटिश कोलम्बिया, अल्बर्टा, नर्थवेस्ट क्षेत्रहरू र सास्काचेवान (“पश्चिम क्यानाडा) मा Mac’s Convenience Inc. द्वारा Mac’s Covenience Stores मा रोजगारीको प्रस्ताव गर्दै रोजगारी करारहरू उपलब्ध गराइएका व्यक्तिहरू

उपवर्गलाई निम्नको रूपमा प्रमाणित गरिएको छ:

डिसेम्बर 11, 2009 देखि अदालतद्वारा तय गरिएकोअप्ट-आउट मितिसम्म Mac’s मा रोजगारीको सट्टामा Overseas Immigration Services Inc., Overseas Career and Consulting Services Ltd. तथा/वा Trident Immigration Services (“Trident Immigration”) लाई भुक्तानी गरेका थिए र जसले त्यसपछि:

i.           क्यानाडाको अस्थायी विदेशी कामदार कार्यक्रमअन्तर्गत पश्चिमी क्यानाडामा Mac’s Convenience stores सँगको रोजगारीको बाध्यकारी करारहरू (अर्थात्, सबै पूर्व सर्तहरू पूरा गरिएका वा छुटको अनुमति प्रदान गरिएका करारहरू) मा प्रवेश गरेका थिए;

ii.         उक्त रोजगारी हासिल गर्नका लागि क्यानाडामा प्रवेश गर्न मान्य कार्य अनुमतिपत्र र (आवश्यक हुँदा) यात्रा भिसा प्राप्त गरेका थिए;

iii.        मान्य रूपमा क्यानाडा प्रवेश गरेका थिए र आफ्नो रोजगारी करारहरूद्वारा आवश्यक भए अनुसार कामका लागि रिपोर्ट गरेका थिए, र

iv.        जसलाई Mac’s द्वारा कुनै पनि काम नै दिइएको थिएन वा रोजगारी करारमा उल्लेखित कामको मात्रा उपलब्ध गराइएको थिएन वा उक्त रोजगारी करार बमोजिम आवास वा यात्रासँग सम्बन्धित खर्चहरू भुक्तानी गर्नका लागि Mac’s बाध्य भएको अवस्थामा Mac’s ती खर्चहरू भुक्तानी गर्न असफल भएको थियो ।

पक्षहरू

वर्ग तथा उप-वर्गलाई प्रतिनिधित्व गर्नका लागि अदालतद्वारा स्वीकृत गरिएका प्रतिनिधि वादीहरू Prakash Basyal, Bishnu Khadka, Aurthur Gortifacion Cajes र Edlyn Tesorero।

कार्यवाहीमा प्रतिवादीहरू निम्न हुनुहुन्छ:

  1. Mac’s Convenience Store Inc. (म्याक्स कन्भेनियन्स स्टोर्स इन्क);
  2. Overseas Immigration Services Inc. (ओभरसिज इमिग्रेसन स्रभिसेज इन्क.)
  3. Overseas Career and Consulting Services Ltd. (ओभरसिज करिअर एण्ड कन्सल्टिङ सर्भिसेज लिमिटेड)
  4. Trident Immigration Services Ltd. (ट्राइडेन्ट इमिग्रेसन सर्भिसेज लिमिटेड)

वर्ग कार्यावहीको रूपमा मुद्दाको प्रमाणीकरणका परिणामहरू

अब मुद्दा वर्ग कार्यवाहीको रूपमा प्रमाणित भइसकेपछि, प्रतिनिधि वादीहरूका दाबीहरूलाई  कथित नोक्सानीहरूका लागि वर्ग सदस्यहरूलाई क्षतिपूर्ति प्रदान गर्नका निम्ति प्रतिवादीहरूको कानुनी जिम्मेवारी निर्धारण गर्न प्रयोग गरिने छ ।

साझा मामिलाहरूमा भएको निर्णय अनुकुल भएपनि वा नभएपनि  सबै वर्ग सदस्यहरूलाई बाँध्ने छ । मुद्दा सफल वा असफल भएतापनि, तपाईं वर्ग कार्यवाहीको नतिजाबाट बाँधिनुहुने छ र तपाईंले आफैं प्रतिवादीहरूको विरुद्धमा आफ्नो कानुनी दाबी सुरु गर्न वा त्यसलाई अगाडि बढाउन पाउनुहुने छैन । साझा मामिलाहरूको सूची यस पत्रको अन्तमा समावेश गरिएको छ ।

अदालतले मुद्दामा प्रत्यक्ष रूपमा सहभागी हुनका लागि स्पष्ट रूपमा अनुमति प्रदान नगर्दासम्म वर्ग सदस्यहरूलाई त्यसरी सहभागी हुने अधिकार हुनै छैन ।

सहभागी हुनका लागि मैले केके गर्नुपर्छ ?

·         यदि तपाईं यस वर्ग कार्यवाहीको हिस्सा हुन चाहनुहुन्छ भने, मुद्दामा समावेश हुनका लागि तपाईंले केही पनि गर्नुपर्दैन । तपाईंले आफू बाहिरिन चाहनुहुन्छ भनेर हामीलाई जानकारी नगराउँदासम्म तपाईं स्वत: समावेश हुनुहुन्छ । कृपया हामीलाई तपाईंको सम्पर्क जानकारी उपलब्ध गराउनुहोस् ताकि हामी तपाईंलाई यस मुद्दाको प्रगति बारेमा तपाईंलाई अद्यावधिक गराउन जारी राख्न सक्छौं।

·         यदि तपाईं यस वर्ग कार्यको हिस्सा हुन चाहनुहुन्न भने, तपाईंले अप्रिल 2, 2022 भन्दा ढिलो नहुनेगरी तलको हुलाक छाप लागेको कुनै एक ठेगानामा अदालतद्वारा स्वीकृत बाहिरिने फाराममा हस्ताक्षर गरी त्यसलाई हुलाकमार्फत पठाएर तपाईं मुद्दाबाट बाहिरिनुपर्ने छ ।

Koskie Glavin Gordon
1650 – 409 Granville Street
Vancouver, B.C. V6C 1T2
T
604-734-8001 F 604-734-8004
E
classaction.koskieglavin@gmail.com
W
www.koskieglavin.com

Allevato Quail and Roy
1943 East Hastings Street
Vancouver, BC V5L 1T5
T 604.424.8637   F 604.424.8632
E classaction@aqrlaw.ca
W www.aqrlaw.ca

बाहिरिने फाराम संलग्न गरिएको छ तर त्यो www.kloskieglavin.com र www.aqrlaw.ca वेबसाइटहरूमा पनि उपलब्ध छ ।

यदि तपाईंले वर्ग कार्यवाहीबाट बाहिरिनुहुन्छ भने, आफ्नो दाबीलाई अगाडि बढाउनका लागि तपाईंले अनिवार्य रूपमा औपचारिक कानुनी कार्यवाही चाल्नका लागि कडाइका साथ लागू गरिने सीमा अवधिहरू छन् भनेर तपाईं जानकार हुनुपर्छ । वर्ग कार्यबाट बाहिरिने रोजेर तपाईंले सीमा अवधिको बारेमा कानुनी सुझाव प्राप्त गर्न र आफ्नो दाबीलाई सुरक्षित राख्न आवश्यक पर्ने सबै कानुनी चरणहरू चाल्नका लागि पूर्ण जिम्मेवारी लिनुहुने छ ।

सबै वर्ग सदस्यहरू वर्गबाट नबाहिरँदासम्म उहाँहरू साझा मामिलाहरूमा अदालतको निर्णद्वारा बाधिनु हुने छ।

स्वतन्त्र कानुनी सल्लाह

वर्ग कार्यबाट बाहिरिने वा नबाहिरिने भनेर तपाईंले निर्णय लिनुभन्दा पहिले, तपाईंलाई आफ्नो कानुनी अधिकार र विकल्पहरूको बारे सुझाव प्राप्त गर्नसिफारिस गरिन्छ ।

मुद्दा कसरी अगाडि बढ्नेछ

वर्ग कार्यवाहीमा दुईवटा चरण छ।

पहिलो चरण भनेको साझा मामिलाहरूको समाधान हो । साझा मामिलाहरूको सूची Koskie Glavin Gordon वा Allevato Quail and Roy मा उपलब्ध छ: www.koskieglavin.com or www.aqrlaw.ca

यदि यी साझा मामिलाहरू वर्गको पक्षमा समाधान गरिन्छ भने, दोस्रो चरणमा वर्ग सदस्य कुनै नोक्सानी रिकभर गर्नका लागि हकदार छन् कि छैनन् र कति रकम प्राप्त गर्न हकदार छन् भनीकुनै वर्ग सदस्यलाई निर्धारण गर्न आवश्यक भएमा, अदालतले कुन-कुन थप चरणहरू चाल्न आवश्यक छन् भनेर निर्धारण गर्ने छ ।

कानुन व्यवसायीहरू उनीहरूका शुल्कहरू

वर्गको प्रतिनिधित्व निम्न दुईवटा कानुनी संस्थाद्वारा गरिएको छ ।

Koskie Glavin Gordon
1650 – 409 Granville Street
Vancouver, B.C. V6C 1T2टेलिफोन604-734-8001फ्याक्स604-734-8004इमेलclassaction.koskieglavin@gmail.comवेबसाइटwww.koskieglavin.com

Allevato Quail and Roy
1943 East Hastings Street
Vancouver, BC V5L 1T5
टेलिफोन604.424.8637  फ्याक्स604.424.8632
इमेलclassaction@aqrlaw.ca
वेबसाइटwww.aqrlaw.ca

थप जानकारीका लागि कुनै पनि अनुरोधभएमा वर्ग सदस्यहरूले माथिका संस्थाहरू मध्ये कुनै एकलाई सम्पर्क गर्नुपर्छ । तपाईंले इमेल सन्देश वा माथिका नम्बरहरूमा टेलिफोन सन्देश पठाउन सक्नुहुन्छ ।

तपाईंले मुद्दामा सहभागी हुनका लागि कुनै पनि पैसा भुक्तानी गर्नुपर्दैन ।

वर्गका परामर्शदाताले कुनै पनि सम्झौता वा निर्णय गरिएको रकमको अधिकतम 30% शुल्कहरूका साथसाथै ब्रिटिश कोलम्बियाको सर्वोच्च अदालतद्वारा स्वीकृत गरिनुपर्नेगरी भुक्तानीहरू र कुनै पनि असुल रकमको पहिलो शुल्कमा लागू हुने करहरू खोज्ने छन्। शुल्कको व्यवस्था अदालतको स्वीकृतिमा निर्भर रहन्छ र स्वीकृत शुल्क अधिकतमभन्दा कम हुन सक्छ । रकमको असुली नहुँदासम्म तपाईंले कुनै पनि रकम भुक्तानी गर्नुपर्ने छैन । त्यस्तो कुनै पनि भुक्तानी असुल रकमको तपाईंको हिस्साबाट कटौती गरिने छ ।

प्रतिनिधि वादीहरूले साझा मामिलाहरूको चरणको अवधिमा वर्गका लागिवकीलहरूलाई निर्देशन दिने छन् । वकीलहरूले अनिवार्य रूपमा सबै वर्ग सदस्यहरूको हितमा कार्य गर्नुपर्छ । यदि कुनै पनि वर्ग सदस्यले कानुनी प्रक्रियाको साझा मामिलाहरूको चरणमा आफ्नो तर्फबाट आफै सहभागी हुने इच्छा गरेमा, उनीहरूले ब्रिटिश कोलम्बियाको सर्वोच्च अदालतमा अनिवार्य रूपमा निवेदन पेश गर्नुपर्छ।

प्रश्नहरू छन् ?

वर्ग सदस्यहरूले माथि उल्लेखित ठेगाना र नम्बरहरूमा वर्गको परामर्शदातालाई सिधैं सम्पर्क गरेर थप जानकारी प्राप्त गर्न सक्छन् ।

यस सूचन BC  को सर्वोच्च अदालतद्वारा स्वीकृत गरिएको छ ।

कागजातहरू

सामान्य समस्याहरू

अप्ट-आउट फाराम